देश्ना चन्द स्मृति नयाँ गल्ली कपमा ‘केआइइसी बुन’ च्याम्पियन
पाेखरा | जेठ २१, २०८०
पोखरा: नयाँ गल्ली क्लबको आयोजनामा सम्पन्न तेस्रो देशना चन्द स्मृति नयाँ गल्ली कप सेभेन ए साइड फुटबल प्रतियोगितामा केआइइसी बुन एफसी च्याम्पियन बनेको छ ।
पोखरा महानगरपालिका–१ स्थित पुरानोटुडिखेल मैदानमा शनिबार भएको फाइनलमा गन्नी एफसीलाई १–० गोल अन्तरले पराजित गर्दै केआइइसी बुन एफसी च्याम्पियन बनेको हो ।
बुन एफसीलाई च्याम्पियन बनाउन आशिष गुरुङले निर्णायक गोल गरे ।
उनको गोलसँगै उपाधि जितेको बुन एफसीले नगद १ लाख ५० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्याे । यस्तै उपविजेता बनेको गन्नी एफसीले ८० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र हात पार्याे ।
कुल ४७ टिमको सहभागिता रहेको सो प्रतियोगिताबाट बुन एफसीका आशिष गुरुङ सर्वोत्कृष्ट खेलाडीका रुपमा ट्रफीसहित नगद रु १० हजारबाट पुरस्कृत भए । यस्तै उत्कृष्ट गोलरक्षकका रुपमा सोही टिमकै जनम गुरुङ, उत्कृष्ट डिफेन्डरका रुपमा सोही क्लबकै सरोज तितुङ घोषित भए ।
यस्तै उत्कृष्ट मिडफिल्डरका रुपमा मनोज गुरुङ र उत्कृष्ट फरवार्डका रुपमा गन्नी एफसीका सन्दिप रानामगर घोषित भए । उनीहरुलाई ट्रफीसहित जनही नगद रु ५ हजार प्रदान गरिएको अर्थ संयोजक हिटलर घलेले जानकारी दिए ।
उनका अनुसार अनुशासित टिमको उपाधि भने करापुटार एफसीले जितेको थियो ।
प्रतियोगिताबाट विजेता तथा उपविजेता टोली सदस्यहरुलाई स्वर्गीय देश्ना चन्दका परिवार, प्रदेश खेलकुद परिषदका सदस्य शुभकन्या गुरुङ, इन्द्रेणी एकीकृत विकास केन्द्रका अध्यक्ष भानुभक्त अधिकारी लगायतले पुरस्कार वितरण गरेका थिए ।
काठमाडौं: प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...
चितवन: जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो । उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...
काठमाडौं: नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

